Breaking

माओवादीको इज्जत कुलमान, राजनीतिमा रवी लामिछानेको विजोग (भिडियोसहित)

कमेडियनलाई सांसदको टिकट !


काठमाडौँ — उज्यालो नेपालको नायकका रुपमा आफुलाई स्थापित गरेर जनताको मन जितेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको राजनीतिक यात्राको विषयमा यति बेला धेरैलाई चासो छ ।

काठमाडौँ क्षेत्र नम्बर ३ बाट कुलमानले राजनीतिमा डेव्युगर्ने चर्चा चलेपछि उनको दाजोमा प्रतिस्पिर्धा गर्ने धेरैको खुट्टा कामेका छन् । स्वतन्त्रबाट बैकल्पिक शक्तिको रुपमा आफुलाई स्थापित गराउन खोजेकाहरु पनि कुलमानको चर्चासँगै हच्चिएका छन् । विगत देखिनै माओवादीले काखी च्याप्दै आएका घिसिङलाई प्रचण्डले काठमाडौं क्षेत्र नम्बर ३ बाट चुनाव उठाउने चर्चाले राष्ट्रिय राजनीतिमा तरंग ल्याएको छ ।

स्थानिय तहको निर्वाचनमा काठमाडौं महानगरपालिमा स्वतन्त्रबाट बालेन्द्र शाहले बाजी मारेसँगै लोकप्रियताको पछि लागेका प्रचण्डले कुलमानलाई रोजेको माओवादीकै नेताहरु बताउँछन् । स्थानीयतह चुनावताका समयमा प्रचण्ड , कुलमान र जनार्दनसहितको तस्विर राखेर घोषणापत्र जारी गरेको माओवादीले कुलमानको लोकप्रियतालाई त्यति बेला क्याच गर्न नखोजेको भने हैन । तर निर्वाचन आचारसंहिता विपरित भएको भन्दै विरोध भएपछि कुलमानको तस्विर हटाइएको थियो ।

यसले पनि प्रचण्डको रोजाईमा कुलमान भन्न बल पुगेको छ । उसोत प्रचण्डले सार्वजनिक कार्यक्रममै अब मुलुक भरीनै लोकप्रिय रहेको अनुहारलाई आगामी चुनावमा माओवादीले काठमाडौँबाट उठाउने दाबी गरीरहेका बेला त्यो अनुहार अरु कोही नभएर कुलमान भन्नेमा धेरैले अड्कल काटेका छन् ।