समाचार

बागमतीका मुख्यमन्त्री राजेन्द्र र एमाले नेता सुरेन्द्र पाण्डेलाई मातृशोक


काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र एमाले नेता सुरेन्द्र पाण्डेलाई मातृशोक परेको छ ।

उनीहरुका आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा आज बिहान निधन भएको हो । मनमाया काठमाडौँको सितापाइलास्थित कान्छो छोरा दीपेन्द्र पाण्डेको घरमा बस्दै आएकी थिइन् ।

सुरेन्द्रले सामाजिक सञ्जालमा जनाए अनुसार उनका कान्छा भाइ दीपेन्द्रले बिहान ४ः१५ बजे फोन गरेर आमाको निधन भएको खबर गरेका थिए । चितवनमा रहेका सुरेन्द्र काठमाडौँ हिँडेका छन् ।

मुख्यमन्त्री पाण्डे पनि हेटौंडाबाट काठमाडौँ हिँडेका छन् ।