काठमाडौँ – दक्षिण अफ्रिकाविरुद्धको पहिलो टी२० क्रिकेटमा भारतले ८ विकेटको जित हात पारेको छ ।
बुधबार भएको खेलमा १०७ रनको सामान्य लक्ष्य पछ्याएको भारतले २० बल बाँकी छँदै २ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । भारतलाई जित दिलाउने क्रममा केएल राहुलले अविजित ५१ र सूर्याकुमार यादवले अविजित ५० रनको पाली खेले ।
यसअघि पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०६ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि केशव महाराजले ४१ रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
भारतका अर्शदीप सिंहले तीन विकेट लिए । यससँगै भारतले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।
प्रतिक्रिया