समाचार

अमेरिकी निमित्त उपसहायक विदेशमन्त्री एलिजाबेथ ट्रुडो नेपाल आईपुगिन


काठमाडौँ — अमेरिकी निमित्त उपसहायक विदेशमन्त्री एलिजाबेथ ट्रुडो नेपाल आइपुगेकी छिन् । वैश्विक सार्वजनिक मामिलासम्बन्धी उपसहायक विदेशमन्त्री ट्रुडो आज बिहान काठमाडौं आइपुगेकी हुन् । नेपाल भ्रमणका क्रममा उनले दूतावासका अधिकारी, युवा परिषद् र नागरिक समाजका विभिन्न सदस्यहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । साथै भेटघाटका क्रममा उनले नेपालको मिडिया परिदृश्य र भ्रामक सूचना निवारणमा नेपालको अनुभवबारे थप छलफलहरूमा पनि सहभागी हुनेछिन् ।