देश

निर्वाचनको आचारसंहिता आजदेखि लागु


काठमाडौँ — निर्वाचन आयोगले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको आचारसंहिता आजदेखि लागू गरेको छ । निर्वाचन आचारसंहिता लागू भएपछि सरकारी, अर्धसरकारी वा सार्वजनिक संस्थाले कुनै परियोजनाको स्रोत, साधन र सम्पत्ति दल तथा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न पाउने छैनन् । त्यस्तै चुनाव प्रचारमा सरकारी, अर्ध सरकारी निकाय, विद्यालय विश्वविद्यालयलाई प्रयोग गर्न पाउने छैनन् । राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न अंकित ज्याकेट, कमिज, भेष्ट टिसर्ट, क्याप, गम्छा, झोलाजस्ता सामग्री उत्पादन र प्रयोग गर्न पनि रोक लगाइएको आयोगले जनाएको छ ।