Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

देश

नागरिकता विधेयक प्रमाणीकरण नगरी संविधान उलंङ्घन गरेको भन्दै सर्लाहीमा राष्ट्रपतिको पुतलादहन


काठमाडौँ — नागरिकता विधेयक स्वीकृत नगरेको भन्दै जनता समाजवादी पार्टी सर्लाहीले जिल्लाको सदरमुकाम मलंगवामा राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरेको छ । मलंगवा नगरपालिका वडा न-१० स्थित सहिद चौकमा जसपा नेपालका नेता कार्यकर्ताहरुले नरावाजी गर्दै राष्ट्रपति भण्डारीको पुतला दहन गरेका हुन् ।

नागरिकता विधेयक प्रमाणीकरण नगरी नेपालको संविधान उलंघन गरेको भन्दै जसपाले राष्ट्रपतिको बिरुद्धमा घोषणा गरेको चरणबद्ध आन्दोलन अनुसार जसपा सर्लाहीका जिल्ला अध्यक्ष विरेन्द्र राय यादवको नेतृत्वमा जसपा नेता एवं पुर्व राष्ट्रिय सभा सदस्य रामपृत पासवान,संविधान सभा सदस्य एवं जसपा नेतृ किरण देवी राय लगायतका सयौ नेता कार्यकर्ताहरु राष्ट्रपति भण्डारी विरुद्ध चर्को नारावाजी गर्दै पुतला दहन गरेका हुन् ।

सयौंको संख्यामा रहेका जसपा नेपालका नेता कार्यकर्ताहरुले राष्ट्रपति विद्यादेवी भण्डारी मुर्दावाद, नागरिकता विधेयक स्वीकृत गर, नेपाली नागरिकलाई नागरिकता दे, संविधान उल्लंघन गर्ने राष्ट्रपति मुर्दाबाद जस्ता राष्ट्रपति बिरोधि नाराहरु लगाउँदै बिच चौकमा राष्ट्रपति भण्डारीको पुतला दहन गर्दै कोणसभा आयोजना गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै नेताहरुले नागरिकता बिधेयक स्वीकृत नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
पार्टीले असोज १३ गते पालिका स्तरमा अन्तरक्रिया गर्ने र असोज १५, १६ र १७ गते पालिका एवं वडा स्तरमा प्रदर्शन गर्ने कार्यक्रम रहेको अध्यक्ष रायले जानकारी गराएको छ ।