Breaking

चौतर्फी घेराबन्दीमा देउवा, चुनावको मुखमा विद्रोहको चेतावनी, फाइदा उठाउँदै अन्य दल


काठमाडौँ — पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नै पार्टी र सत्ता गठबन्धनको चक्रभ्यूमा फस्दै गएका छन । पार्टीभित्रै विद्रोहको घण्टी बज्न थालेको छ, भने पार्टीमा मात्र नभएर गठबन्धनमा पनि तालमेल मिलाउन देउवालाई निकै सकस परिरहेको छ । संघीय निर्वाचन नजिकिदै जादा नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नै पार्टी र सत्ता गठबन्धनको घेराबन्दीमा परेका छन ।

जोडतोडका साथ निर्वाचनमा होमिने बेला देउवालाई पार्टीभित्रको आन्तरिक विवाद र गठबन्धन को भूमरीमाफसेकाहुन्। आसन्न संसदीय निर्वाचनका लागि देउवाले समानुपातिक सूचीमा इतर समूहलाई बेवास्ता गरेपछि शेखरपक्षयतिबेला विद्रोहमा उक्रिएको छ । शेखरपक्ष राजनीतिक भागबण्डामा हिस्सा नपाएपछि सभापतिविरुद्ध आन्दोलनमा उक्रिएपछि चुनावी मुखमा देउवालाई ऐठन भएको हो ।

गएको स्थानीय निर्वाचनमा डडेल्धुरामा बीपी कांग्रेसका नेता हाबी भए । स्थानीय निर्वाचनमा विग्रिएको गृहजिल्लाको माहोल देउवाले अझै सम्हाल्न सकेका छैनन् । फलत उनलाईआगामी संसदीय निर्वाचनमा आफ्नै निर्वाचन क्षेत्रमा जित हासिल गर्न त्यति सहज देखिदैन । आसन्न निर्वाचनमा पनि देउवालाई हराउनप्रतिपक्ष नेकपा एमाले र विपी काँग्रेस बढो जोडबलका साथ गृहकार्य गरिरहेका छन । विपी काँग्रेस र एमाले सहकार्य गर्दै डडेलधुरामा देउवा युगको अन्त्य गर्ने रणीतिमा छन ।

यतिमात्रै होइन देउवाविरुद्ध स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका गुल्मीका सागर ढकाल पनि देउवाका लागि टाउको दुखाइको विषय बनेका छन् । ढकाल अहिले नेताहरु विरलै पुग्ने दुर्गम बस्ती बस्तीमा पुगेर मतदाताको मन जित्न लागिपरेका छन् । र उनी कहिले मतदातासँग धान काटिरहेका हुन्छन् त कहिले गाई भैसीको गोठमा गई समय व्यतितगरीरहेका छन भने मतदाताका दुखमा काधमा काध मिलाईरहेका छन ।

उनी कहिले पश्चिम सेती प्रभावित क्षेत्रमा पुग्छन्, कहिले प्रधानमन्त्री शेरबहादुर देउवाको पुर्ख्यौली थलो गन्यापधुरा । जहाँ नेताहरू निर्वाचनका समयमा मात्र पुग्छन्, त्यस्ता दुर्गम बस्तीलाई उनले आफ्नो चुनावी अभियानको पहिलो गन्तव्य बनाएका छन् । ढकाल चार दशक पछिसम्मको योजना र आश्वासन बोकेर डडेलधुराका विकासले छुन नसकेका दुर्गम गाउँमा चुनावी भेला गर्न व्यस्त ढकालले यो चुनावपछि देउवालाई आराम दिनुपर्ने बताउदै आएका छन ।

यता प्रतिपक्ष एमाले पनि मुख्य प्रतिष्पर्धी मानिएको काँग्रेसविरुद्ध नै आफ्नो शक्ति प्रयोग गरिरहेको छ । काँग्रेसभित्रको किचलो र गठबन्धनभित्रको विवादको फाइदा लिइरहेको एमालेले गठबन्धनलाई पत्तासाप पार्ने भन्दै आगामी निर्वाचनमा पहिलो शक्ति बन्ने सपना बुनिरहेको छ । निर्वाचनमा विकास विरोधी गठबन्धनलाई जनताले नै ठेगान लगाउने एमालेको दाबी छ ।

धरातलिय अवस्था हेर्दा २०४८ साल यताका सबै निर्वाचनमा डडेलधुराबाट विजयी हुँदै आएका देउवालाई हराउन भने त्यति सहज देखिँदैन । उनी हालसम्म ६ पटक निर्वाचित भइसकेका छन् भने मंसिर ४ को निर्वाचन उनका लागि सातौं प्रतिस्पर्धा हुनेछ ।तैपनि पार्टीभित्रको आन्तरिक कलह गठबन्धनभित्रको विवाद देउवाका लािग फलामको चिउरा चपाएसरी भएको छ ।

चुनाव आउन दुई महिना पनि समय नरहेको अवस्थामा विपक्षी दलहरुको सामना गर्दै गठबन्धनका दल र आफ्नै पार्टीका नेताहरुलाई रिझाएर पुन पाँच वर्षे प्रधानमन्त्रीको कार्यकाल सुनिश्चित गर्ने देउवाको प्रयास भने जारी रहेको छ ।