Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

देश

विश्व पर्यटन दिवसको अवसरमा नेपाल-भारत बोर्डरमा भारतीय पाहुनाहरुको भब्य स्वागत


काठमाडौँ — विश्व पर्यटन दिवसको अवसर पारेर सर्लाहीका होटल तथा पर्यटन व्यवसायीहरुले नेपाल भ्रमण गर्न आएका भारतीय अतिथिलाई सर्लाहीको मलंगवा स्थित नेपाल–भारत सीमा क्षेत्रमा स्वागत गरेका छन् गत दुई वर्षदेखि कोरोना तथा लकडाउनका कारण लगभग धारासायी बनिसकेको होटल तथा पर्यटन व्यवसायलाई उकासेर पुनस् पुरानै धारमा ल्याउने उदेश्यका साथ सर्लाहीका होटल तथा पर्यटन व्यवसायीहरु घुमौ मधेश,बुझौ प्रदेश भन्ने नाराका साथ यस वर्षको विश्व पर्यटन दिवस मनाइरहेका छन् ।

सोही क्रममा दिवसको पहिलो दिन मंगलबार बिहान जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जितेन्द्र कुशवाहा र मलंगवा न।पा वडा न-८ का वडाअध्यक्ष मुकेश जयसवालको अगुवाईमा जिल्लाका होटल व्यवसायीसहित विभिन्न निकायका विशिष्ट व्यक्तिहरु लगायत नेपाल र भारत दुवैदेशका संचारकर्मीहरु भारतबाट आएका अतिथिहरुलाई नेपाल प्रवेश गर्ने नेपाल(भारत सिमाक्षेत्र९दशगजा०स्थित भन्सार कार्यालय मलंगवा अगाडी खाँदा लगाएर मिठाई खुवाई भब्य स्वागत गरेका थिए।नेपाली भुमीमा प्रवेश गरे लगत्तै पाएको न्यानो स्वागतले भारतीय पाहुनाहरु दङ्ग परेका थिए ।


मलंगवा नाका नेपालतर्फको धार्मिक तथा ऐतिहासिक पर्यटक स्थल सर्लाहीको बागमती स्थित भरत ताल,नुनथर, जनकपुरघामको जानकी मन्दिर,बारा जिल्लाको बरियारपुरमा रहेको गढीमाई,सिन्धुलीगढी,हेटौंडा ,पोखरा ,काठमाडौ लगायतका ठाउँहरुमा पुग्ने मुख्य नाका भएकोले यहाँबाट हजारौं भारतीय पर्यटकहरु विभिन्न सिजन तथा उत्सवमा नेपाल घुम्न आउने गरेका छन् ।

पर्यटन दिवसलाई सभ्य र भब्य गरि मनाउन होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीले गएको आइतवार जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंहको अगुवाइमा भारतीय पर्यटकहरुको स्वागतका लागि नेपाल भारत सिमा छुट्याउने जंगे पिलरदेखि जिल्ला भन्सार कार्यालयसम्मको सडकको सरसफाइ समेत गरेका थिए ।

गएको २ वर्ष अगाडी भिजिट नेपाल २०२० मनाउन भनि ठुलो लगानी गरेर तयारी अवस्थामा रहेका यहाँका होटल तथा पर्यटन व्यवसायीहरुलाई कोरोना भाइरसको संक्रमण तथा लकडाउनका कारण तय गरिएका सम्पूर्ण कार्यक्रमहरु स्थगित गर्नुपरेको थियो।जसले गर्दा उनीहरूलाई ठुलो आर्थिक मार सहनुपरेको थियो ।

तर यसवर्ष पहिलाको जस्तो अवस्था नरहेकोले मधेश प्रदेश अन्तर्गतआठ वटै जिल्लाका होटल तथा पर्यटन व्यवसायीहरु ूघुमौ मधेश,बुझौ प्रदेश भन्ने नारा दिएर यसवर्षको पर्यटन वर्ष २०२२ मनाउन लागेको हो । मधेस प्रदेश अन्तर्गतका आठ वटै जिल्लाको भ्रमण गर्न आउने पर्यटकलाई होटलहरुमा खानामा १५ प्रतिशत र आवासमा २५ प्रतिशत छुटको व्यवस्था गरेको होटल तथा पर्यटन व्यवसायी सर्लाहीका अध्यक्ष हिराकाजी योन्जनले जनाएको छ।