देश

डेंगीबाट साढे २ महिनामा देशभरि ३२ जनाको मृत्यु


काठमाडौँ — देशभरि अहिले डेंगीको प्रकोप बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनयता २५ हजार ५ सय ४३ जनामा डेंगीको संक्रमण देखिएको छ । तीमध्ये ३२ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार सबैभन्दा धेरै डेंगी सक्रमण बागमती प्रदेशमा देखिएको छ ।

बागमती प्रदेशमा मात्रै १९ हजार ९ सय १० कूल संक्रमितको झन्डै ७८ प्रतिशत जनामा संक्रमण देखिएको छ । बागमतीपछि लुम्बिनी प्रदेशमा डेंगीका संक्रमित धेरै छन् । लुम्बिनीमा २ हजार ८ सय ८७ जनामा संक्रमण देखिएको छ । अरू प्रदेशमा भने संक्रमितको संख्या एक हजारभन्दा कम छ । अहिले धेरैजसो डेंगीका बिरामी घरमै छन् ।