काठमाडौँ — नेपाली समाजमा रहेका पिछडिएका गरिव असाह र बन्चित बर्गको व्यक्तिगत सामाजिक तथा आर्थिक विकासको लागि विभिन्न निकायसंग सामान्य गरि कार्यक्रम संचलन गर्ने उद्देश राखी स्थापन गरिएको सि:एन फाउन्डेशन संस्थाले यस पटक भने असाय अशक्त अपाङ्गता भएकाहरूलाई दायाँ होइन अवसर दिऔ अवसर पाए आफ्नो चुनौतीलाई सामाना गर्न सकिन्छ भन्ने उदेश्यले प्रथम पटक च्यारिटी रन वे २०२२ कार्यक्रम आयोजना गर्ने भएको छ ।

सामाजिक न्यायसँग गाँसिएको अर्थपूर्ण सहभागिता गराउन आफ्नो चुनौतीलाई सामना दिन च्यारिटी नेपाल फाउन्डेसनले प्रथम पटक च्यारिटी रन्वे २०२२ कार्यक्रम आयोजना गरिएको अध्यक्ष नुरु शेर्पाले जानकारी दिनुभएको छ । कार्यक्रम संयोजक डन्सिङ स्टर विजेता छिरिङ शेर्पाको अनुसार समाजले आपङ्गहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन नभएसम्म अपाङ्गता भएका व्यक्तिहरुको सशक्तीकरणको साथै समावेशिता र समानताको सुनिश्चितता हुने देखिँदैन ।

अपाङ्गता भएका व्यक्तिहरु माझ सूचना प्रविधिको पहुँच अत्यन्त कम छ । साथै पाइला पाइलामा चुनौतीपूर्ण पनि छ । समतामूलक विकासको लागि अपाङ्गता भएका व्यक्तिहरु र उनीहरुको परिवारको सेवा सुविधामा समान पँहुचमा ध्यान दिनु नितान्त आवश्यक छ । अपाङ्गता भएका व्यक्तिप्रति अझैपनि हाम्रो सामाजमा नकरात्मक सोचाइ छ । त्यसको सकरात्मक परिवर्तन गर्नका लागि यस पटक सिस्एन फाउन्डेशनले प्रथम च्यारिटी रनवे कार्यक्रम आयोजना गरिएको छौं । उनले भने सम्पुर्णलाई उक्त कार्यक्रम सहभागी हुन निमन्त्रण समेत गरेका छन् । कार्यक्रम भने कार्तिक ६ गते आइतबार हुने भएको छ ।


प्रतिक्रिया