Breaking

४३औँ विश्व पर्यटन दिवस मनाइँदै, सीमित मान्छेको चर्चा

ज्यानको बाजी लगाउनेहरू गुमनाम


काठमाडौँ — आज सेप्टेम्बर २७ अर्थात् ४३औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकारवाला संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । नेपाल पर्वतारोहण संघले दिवसको अवसर इसिमोडसँग मिलेर दिवस मनाउन लागेको नेपाल पर्वतारोहण संघका अध्यक्ष ङिमा नुर्बु शेर्पाले जानकारी दिनुभयो ।

कार्यक्रममा पर्यटन मन्त्रालय, मातहत निकाय तथा बोर्डका कार्यकारी अधिकृत, पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागितामा हुने छ ।

‘सबैका लागि पर्यटन : पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवद्र्धन’ नारासहित हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ । गत वर्ष भर्चुअलरूपमा पर्यटन मन्त्रालयमा दिवस मनाइएको थियो । कोरोनाको जोखिम कम हुँदै गएकाले यस वर्ष भने भौतिक रूपमै कार्यक्रम आयोजना गरिएको छ ।

कोरोना महामारीले पछिल्ला दुई वर्षमा उल्लेख्य संख्यामा पर्यटक आउन सकेका छैनन् । वर्षैपिच्छे सयौँले सगरमाथा, धौलागिरि, मनास्लुलगायत हिमाल आरोहण गर्छन् । पर्वतारोहीका रूपमा सीमित मान्छेको नाम चर्चामा आउँछ । तर, उनीहरूलाई चुचुरोसम्म पुर्‍याउन ज्यानको बाजी लगाएर सघाउनेहरू गुमनाम हुन्छन् ।

पछिल्लो पटक कामिरिता शेर्पाले सगरमाथाको २६औँ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् ।

सानु शेर्पाले ८ हजार मिटर अग्ला १४ शिखरको दोहो¥याएर आरोहण गर्दै विश्व कीर्तिमान राखेका छन् ।

सरकारले आरोहणका लागि हालसम्म चार सय १४ वटा हिमाल खुला गरेको छ । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये नेपालमा आठ छन् ।