Breaking

मनास्लु हिमालको पहिरोमा फसेका २ जनालाई काठमाडौँ ल्याइयो


काठमाडौँ — गोरखाको मनास्लु हिमालको हिमपहिरामा पुरिएका दुईजनाको उद्धार गरिएको छ । तेस्रो आधार शिविरमा गएको पहिरोमा परेका दुई जनालाई काठमाडौँ पठाइएको गोरखाका प्रहरीले जनाएको छ ।

दोलखाको गौरीशंकर गाउँपालिका ५ का ४४ वर्षीय जितबहादुर शेर्पा र संखुवासभाको मकालु गाउँपालिका १ का २७ वर्षीय सुकबहादुर तामाङलाई हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौँ ल्याइएको हो । उनीहरुको अहिले काठमाडौँको कपनस्थित करुणा अस्पतालमा उपचार भइरहेको छ ।

हिमपहिरोबाट सिम्रिक हेलिकप्टरले समागाउँसम्म र सामागाउँबाट कैलास हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो । हिमपहिरोमा परेकाको उद्धार गर्नका लागि तीन वटा हेलिकप्टर परिचालन गरिएको थियो । तर मौसमका कारण समस्या भइरहेको प्रहरी जनाएको छ । पहिरोमा १०र१२ जना बेपत्ता भएको प्रारम्भिक जानकारी आएको प्रहरीले बताएको छ । उनीहरु दोलखा र संखुवासभाका भएको पनि प्रहरीले बताएको छ ।

मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान हिमपहिरो गएको थियो ।