Breaking

मौसमका कारण हिमपहिरोमा फसेकाहरूको उद्धारमा कठिनाइ


काठमाडौँ — खराब मौसमका कारण मनास्लु हिमालको हिपमहिरोमा फसेकाहरूको उद्धारमा कठिनाइ भएको छ । सोमबार बिहान ११स्३० बजे झरेको पहिरोमा फसेकाहरूको यकिन विवरण भने आउन सकेको छैन । शेर्पाहरू अक्सिजन पुर्‍याउन जाने समयमा हिमपहिरो खसेको मनास्लु हिमाल आरोहणका लागि बेसक्याम्पमा रहेकी पूर्णिमा श्रेष्ठले जानकारी दिइन् ।

क्याम्प १ र क्याम्प २ मा रहेका शेर्पाहरू गएर खोज्ने काम भइरहेको छ,’ उनले भनिन्,‘मौसम खराबीका कारण हेलिकप्टर जान सकेको छैन । मनास्लु हिमपहिरोमा फसेकाहरूको उद्धारका लागि हेलिकप्टर अहिले मनास्लुतर्फ गइसकेको प्रमुख जिल्ला अधिकारी शंकरहरी अचार्यले बताए । विस्तृत विवरण भने आउन बाँकी रहेको उनले बताए ।