काठमाडौँ — दशैँका लागि काठमाडौं उपत्यकाबाट घर जानेहरूको संख्या ह्वात्तै बढेको छ । कोटेश्वर, बल्खु, कलंकी लगायतका स्थानमा यात्रुको भीड लागेको छ । आजदेखि यात्रुको चाप बढेको यातायात व्यवसायीहरुले बताएका छन् ।
यसैबीच, घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ । दसैँको पूर्णिमा सम्मका लागि यात्रु आ–आफ्नो घर जान र फर्कन सजिलो होस् भनी यो व्यवस्था गरिएको हो ।


प्रतिक्रिया