Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

देश

भारतसँग जोडिएको सर्लाही ग्रामीण नाकाबाट पटाकाको तस्करी शुरु


काठमाडौँ — दिपावली आउन एक महिना बाँकी छँदै भारतसँग सिमा जोडिएका सर्लाहीको विभिन्न ग्रामीण नाकाहरुबाट पटाकाको तस्करी सुरु भएको छ ।

तस्करहरु अहिले भारतसँग सिमा जोडिएको जिल्लाको उत्तरी भेगमा पर्ने विभिन्न गाउँको बाटो हुँदै प्रतिबन्धित विष्फोटक पदार्थ पटकाहरु अवैधरुपमा भित्र्याउन सुरु गरेका छन्।भारतबाट तस्करी गरेर ल्याइएका पटाकाहरु मलंगवा नगरपालिका ,बलरा नगरपालिका,ब्रह्मपुरी गाउँपालिका, विष्णु गाउँपालिका र रामनगर गाउँपालिका अन्तर्गत पर्ने गाउँहरुको बाटो हुँदै विभिन्न सवारीसाधनहरुमा लुकाएर काठमाडौ ,हेटौडा ,पोखरा,भरतपुर, नारायणगढ लगायतका शहरमा पुर्याइने गरिएका छन् । दिपावली आउन अझ एक महिना बाँकी रहेको छ।

तस्करहरु अहिले देखिनै सुरक्षाकर्मीहरुको कम निगरानी भएका नाका हुँदै धमाधम पटाकाहरु भित्राउन थालेकाले त्यस्ता नाकाहरुमा निगरानी बढाउन इन्सेक सर्लाहीका जिल्ला प्रतिनिधि एवं मानवअधिकारकर्मी बुधन साहले स्थानीय प्रशासनलाई सुझाव दिएका छन् ।