Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

देश

हरिपुर नगरपालिकाद्वारा चारजना सेवानिवृत शिक्षकहरु सम्मानित


काठमाडौँ — सर्लाहीको हरिपुर नगरपालिकाले सेवानिवृत्त चारजना शिक्षकहरुलाई सम्मानित गरेको छ ।सम्मानित हुने शिक्षकहरुमा श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र प्रसाद साह , श्री आधारभूत विद्यालय मजुर्वाका प्रधानाध्यापक गणेश पंडित , श्री महावीर जनता नमूना माध्यमिक विद्यालयका मा शि तृतीय श्रेणीका शिक्षक रामबाबु प्रसाद साह र श्री रामलागन माध्यमिक विद्यालयका शिक्षक रामनाथ प्रसाद रहेका छन् ।

उहाँहरु चारै जना बिगत दुई शैक्षिक सत्रदेखि सेवानिवृत भएका थिए । हरिपुर न.पा अन्तर्गत रहेका सामुदायिक विद्यालयमा कार्यरत रहि शैक्षिक क्षेत्रको विकासमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै नगर प्रमुखस्तरीय प्र .अ . बैठकको निर्णयअनुसार एक कार्यक्रमको आयोजना गरि नगरप्रमुख गोपाल पंजियार , नगर उपप्रमुख निलम देवी राय यादव तथा प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेलले संयुक्त रुपमा उहाँहरुलाई दोसल्ला ओढाएर कदरपत्रको साथ सम्मानित गरेको नगरपालिकाले जनाएको छ ।

सम्मान कार्यक्रमका आयोजक हरिपुर न।पा ले सेवानिवृत शिक्षकहरुलाई सम्मान गर्ने कार्यमा सहयोग , समन्वय तथा सहजीकरण गर्ने शिक्षक महासंघ ,प्रधानाध्यापकहरु तथा कर्मचारीहरुलाई सोही कार्यक्रम मार्फत धन्यवाद दिएको छ ।