काठमाडौँ — सिट वाडफाडको विषयले सत्ता गठबन्धनमा भाडभैलो देखिएको छ । शिर्ष नेतृत्वको भागवण्डा टुङगिए पनि तल्लो तहका नेताहरु रुष्ट हुँदै जाँदा समस्या देखिएको हो । शीर्ष नेताहरुको श्रीमतीसमेत समेटिने तर तल्लो तहका नेताहरु भने सहिद हुने पर्ने अवस्था आएपछि विद्रोहको अवस्था श्रीजना भएको हो । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्धको रिटमा कारण देखाउ आदेश जारी भएको छ ।
न्यायाधीश हरि फुयालको एकल इजलासले रिटलाई अग्राधिकार दिँदै राष्ट्रपति कार्यालयसँग लिखित जवाफ मागेको हो । अदालतले १५ दिनभित्र लिखित कारण पेश गर्न आदेश जारी भएको बताइएको छ । संघीय संसदको दुवै सदनबाट पारित भएर आएको नागरिकता विधेयक संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले ४ असोजभित्र प्रमाणीकरण गर्नुपर्ने थियो । तर राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि संविधान उल्लंघन भएको भन्दै सर्वोच्चमा ५ वटा रिट गरेको छ ।
सबै रिटमा राष्ट्रपतिलाई विधेयक प्रमाणीकरणका लागि परमादेश जारी गर्न समेत माग गरिएको छ । यसैबीच असोज ११ गते मंगलबारदेखि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश हुने भएका छन् । मंगलबारबाट कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तीर्थाटनका लागि भारत जाने भएपछि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश बन्ने भएका हुन् ।
०००
(ओलीको सक्रियता)
निर्वाचन आउन दुई महिनापनि बाँकी नरहेका बेला सत्ता गठबन्धन भागबण्डामै अल्झिएको छ । तर गठबन्धनविरुद्ध एक्लै चुनावको तयारी गरेको एमाले मैदानमा होमिएर पल्ला पल्टाउने तयारीमा छ ।।
एक रिपोर्ट ।
प्रतिक्रिया