देश

केन्द्रको विवाद थाँती राखेर प्रदेशको सिट बाँडफाँडमा जुट्यो गठबन्धन


काठमाडौँ — सत्तारुढ गठबन्धन केन्द्रको विवाद थाँती राखेर प्रदेशको सिट बाँडफाँडमा जुटेको छ । गठबन्धनका शीर्ष नेताहरूको निर्देशन अनुसार कार्यदलले आजदेखि प्रदेशको विषयमा गृहकार्य गरेर प्रतिवेदन तयार गर्ने छ । केन्द्र र प्रदेशका ४९५ सिट एकैसाथ टुंगिने नेताहरूले दाबी गरेका छन् । तर, विवादित क्षेत्रमा दलहरूले अडान छाडेका छैनन् ।

अहिलेसम्म भएको सहमतिलाई कायम राख्दै प्रदेशसभाबारे छलफल थाल्ने सहमति भएको कार्यदल सदस्य रामसहायप्रसाद यादवले जानकारी दिनुभयो । प्रतिनिधि सभाका १६५ मध्ये १३६ सिटमा सहमति जुटिसकेको नेताहरुको दाबी छ । बाँकी क्षेत्रमा प्रदेशको छलफलसँगै सहमति जुट्ने विश्वास गठबन्धन दलका नेताहरुको छ । यद्दपी प्रतिपक्ष एमालेले भने चुनावको सबै तयारी पुरा गरेर मैदानमा होमिएको छ ।