काठमाडौँ – नेपालमा पहिलो पटक लायन्स कपिलवस्तुले ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता गर्ने भएको छ ।
क्लबले पत्रकार सम्मेलन गरि साइकल प्लाङक ब्यालेन्स (पानी माथि ट्रयाक बनाएर खेलिने खेल) प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो । जिल्लाको वाणगंगा नगरपालिका स्थित राजापानीमा रहेको पोखरीमा हुने प्रतियोगिता नेपालमा पहिलो पटक सञ्चालन गर्न लागिएको जनाएको छ ।
पोखरीमा खेल्ने खेल भएकाले सबैलाई सहज हुने गरी पोखरीमा पानीको सतह ४ फिट मात्र हुने आयोजकले बताएको छ । प्रतियोगितामा सहभागीतका लागि आवेदन खुला गरिएको क्लबका अध्यक्ष राम सुभागे थारुले जानकारी दिए ।
एकजना सहभागीको रजिष्ट्रेजन शुल्क १५ सय लाग्ने र टिसर्ट, खाजानास्ता, पानी र साइकल नहुनेका लागि साइकल, लाइफ ज्याकेट र हेल्मेटको ब्यवस्थापन आयोजकले गर्ने अध्यक्ष थारुले बताए ।
प्रतियोगिता सुरक्षाका हिसाबले चुनौतिपूर्ण रहेकाले सहभागीको सुरक्षाको लागि नेपाल प्रहरीको एपिएफ, एम्बुलेन्ससंगै सिएण्डसि अस्पतालसंग पनि सहकार्य गरिएको आयोजकले जनाएको छ ।
१२ गतेसम्म रजिष्ट्रेसन फर्म खुला हुने आयोजक संस्थाले जनाएको छ । विभिन्न सामाजिक काममा सक्रिय लायन्स क्लबले खेल सहयोग पुगोस् भने हेतुले प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका सहसचिव रामप्रसाद भुसालले बताए ।
खेलको माध्यमबाट कपिलवस्तुलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा चिनाउने उनको विश्वास रहेको छ । असोज १५ गते विहान १० बजेबाट राजापानीमा सुरु हुने प्रतियोगिता दर्शकले निशुल्क रुपमा हेर्न पाउने छन भने प्रतियोगितामा २ सय ५० भन्दा बढीलाई सहभागी गराउन नसकिने भुसालले बताए ।
प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, द्धितिय हुनेले २५ हजार र तृतिय हुनेले १५ हजा १५ हजार र सान्त्वना हुनेले स्मार्ट वाच प्राप्त गर्नेछन् ।
प्रतिक्रिया