Breaking

चाडपर्व नजिकिएसँगै बजारमा चहलपहल, अत्यावश्यक सामाग्रीमा व्यापारीको मनोमानी


काठमाडौँ — नेपालीहरुको महान् पर्व दशै आउन अब एक साता मात्र बाँकी छ । दशै तिहार लगायतका ठुला पर्व नजिकिएसँगै बजारमा दशैको चहलपहल सुरु भएको छ । तर यो पटकको दशै पनि महंगिबाट अछुतो नहुने देखिन्छ । नेपाली बजारमा सबैभन्दा बढी किनमेल र कारोबार हुने दशैं तिहार अगाडिको समयमा हो।

दशैं र तिहारलाई लक्षित गरेर उपभोग्य वस्तु तथा सेवाको आयात ह्वातै बढ्ने गर्दछ भने व्यवसायीहरू कारोवारका लागि यहि मौकाको प्रतिक्षामा हुन्छन । सरकारी र नीजि क्षेत्रदेखि साना ठूला सबै व्यापारीलेहरुले उपभोक्तालाई लक्षित गर्दै सुपथ मुल्य पसलदेखि स्टक क्लियर गर्न विभिन्न अफर ल्याएर ग्राहक आकर्षित गर्न थालेका छन । दशै नजिकिएसँगै बजारमा चहलपहल सुरु भइसकेको छ ।

सुपथ खाद्यन्न पसलदेखि लत्ताकपडा हुँदै सबै खाले बजारमा किनमेल गर्न आम सर्वसाधरणको भीड लाग्न थालेको छ । आम सर्वसाधरण दशै लक्षित गर्दै दैनिक उपभोग्य वस्तुको किनमेलमा जुटेका छन । असोज १ गतेदेखि सरकारले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा खाद्यान्न तथा अन्य उपभोग्य वस्तु किन्नेको संख्या हरेक दिन बढिरहेको छ ।

चाडबाडमा बजार मूल्य बढ्न नदिन तथा सर्वसाधारणको सहुलियतको लागि सरकारले यो वर्ष असोज १ गतेदेखि कार्तिक १५ गतेसम्मका लागि देशका ४१ जिल्लाका ४५ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिरहेको छ । उपत्यकामा थापाथलि, रामशाहपथ, नख्खु र सूर्यविनायक गरी ४ स्थानमा पसल संचालनमा ल्याइएको छ । उपत्यकाको हकमा अनलाइन मार्फत पनि सामान खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित गरी सञ्चालन गरेको सुपथ मुल्य पसलका कारण आम सर्वसाधरणले केहि राहत महसुश गरेका छन । सरकारले सञ्चालन गरेको खाद्यन्न जन्य सुपथ मूल्य बजार नियमित बजार भन्दा केहि सस्तो र गुणस्तरीय समेत भएको उपभोतmहरु बताउँछन ।

तर समग्र बजारको अवस्था र बजारभाउ सुनेर सर्वसाधरण अत्तालिने अवस्थामा छ । महंगिएका बजार मूल्यले खाद्यन्न लत्ताकपडा सबैको मुल्य आकाशिएको छ । अर्थात यो वर्षको दशै पनि महँगीबाट अछुतो छैन । चाडपर्व नजिकिएका कारण व्यापारीहरुको हौसिएका छन । व्यापार केहि बढ्न थालेकै छ । तर निरन्तर महंगि बढ्दै जाँदा त्यसको प्रभाव दशै बजारमा पनि पर्ने गरेको छ ।