Breaking

राजधानीमा शौचालयको समस्या ज्यूँका त्यूँ, भएका शौचालयलाई व्यवस्थित गर्न तर्फ गएन ध्यान


काठमाडौँ — काठमाडौँमा वर्षाैदेखिको समस्या बन्दै आएको सार्वजनिक शौचालयको अवस्था अझै पनि नाजुक नै छ । प्रत्येक निर्वाचनमा चुनावी एजेण्डा बन्ने यो मुद्धा जो कोहीले जिते पनि समाधान भने हुन सकेको छैन । काठमाडौँ महानगरपालिकाका मेयर बोलन शाहले यो अभियान सुरु गरे पनि त्यसले पूर्णता पाउन सकेन । काठमाडौँ मा सार्वजनिक शौचालयको स्थिति दयनीय छ । सार्वजनिक शौचालयको दुरावस्था राजधानीबासीले देखे भोगेकै विषय हो ।

राजधानी काठमाडौँका अधिकांश व्यस्त क्षेत्रहरुमा सार्वजनिक शौचालय छैनन् । भएका शौचालय पनि व्यवस्थित नहुँदा यात्रीहरुले विगत वर्षौदेखि यसको समस्या भोग्दै आइरहनु परेको छ । काठमाडौँ महानगरपालिका भित्र सार्वजनिक शौचालय ५९ वटा छन् । तर जेनतेन २५ वटा मात्रै सञ्चालनमा छन् । तर, त्यो पनि निकै अव्यवस्थित छ । व्यवस्थापनको कमीले दुर्गन्धित शौचालयको अवस्था देखेर सर्वसाधारणले गुनासो गर्न छाडेका छैनन् ।

भएका शौचालय पनि सञ्चालनमा नहुने र अव्यवस्थित हुने हुँदा महानगरमा यात्रीहरु जबरजस्ती शौच रोक्न विवश बन्ने गरेका छन् । स्मार्ट र महिलामैत्री शौचालयको कुरा उठाउने तर आमसर्वसाधारणले सफा शौचालयमा शौच गर्नबाटै वञ्चित हुने स्थिति कसरी श्रृजना भइरहेको छ सर्वसाधारणले जवाफ पाएका छैनन् ।

सार्वजनिक शौचालयलाई नै चुनावी मुद्धा बनाएर काठमाडौँको मेयर बनेको बालेन्द्र साहले सुरुका दिनमा ठूलै आशा जगाए । नगरसभाको पहिले बैठकमा नै प्रमुख विषय बनाएका उनले रेस्टुराँ बैँक लगायतका ठूला व्यापारिक भवनका शौचालयलाई सार्वजनिक बनाउने अभियान पनि थालेका थिए । तर पनि समस्या ज्यूँ को त्यूँ छ । निजी शौचालयलाई सार्वजनिक शौचालय बनाउने अभियान चलाएको महानगरले भएकै सार्वजनिक शौचालयको उचित व्यवस्थापन र सुधारमा भनसमेत ध्यान दिएको छैन ।