Breaking

बलेरो जिप र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु


काठमाडौँ — पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका-१ मा शनिबार बिहान पिकअप बलेरो जिप र मोटरसाइकल आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको बा.प्र.०१-०२५ च ९२४४ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको लु५७प ५८०३ नम्बरको मोटरसाइल ठोक्किएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

दुर्घटनामा बाइक चालक अन्दाजी ४५ वर्षका चन्द्रमणि ज्ञवालीको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको वडा प्रहरी कार्यालयले जनाएको छ । बलेरो र चालक प्रहरी नियन्त्रण रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।