Breaking

संस्थापनविरुद्ध कांग्रेसको शेखर समूहले खबरदारी सभा गर्दै


काठमाडौँ — नेपाली कांग्रेस संस्थापनइतर समूहले काठमाडौँमा आज छुट्टै भेला गर्दैछ ।

सभापतिमा पराजित डाक्टर शेखर कोइराला समूहले काठमाडौँमा खबरदारी सभा गर्न लागेको हो । पार्टीभित्र अवसर र न्यायका लागि भन्दै शेखर समूहले सभा आयोजना गरेको छ । सभा थापागाउँस्थित बानेश्वर बैंक्युटमा दिउँसो एक बजेपछि सुरु हुनेछ ।

सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटमा सहमति नभएका बेला कांग्रेसभित्र भने दुई समूहबीच नै समस्या देखिएको छ । शेखर समूहले आगामी चुनावका लागि प्रतिनिधि सभा र प्रदेश सभामा कम्तिमा ४० प्रतिशत सिट आफ्नो पक्षका नेतालाई दिन माग गरिरहेको छ ।

शेखर समूहले पटकपटक भेला र बैठक गरेर सभापति शेरबहादुर देउवालाई दबाब दिंदै आएको छ ।