Breaking

हेटौंडामा खोलाले बगाउँदा ३ बालकको मृत्यु


काठमाडौँ — हेटौँडामा शुक्रबार पौडी खेल्ने क्रममा खोलाले बगाउँदा तीन बालकको मृत्यु भएको छ ।

शुक्रबार अपराह्न न्युरेनीस्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा उनीहरु डुबेका हुन् । खोलाले बगाएर बेपत्ता भएका तीनजना बालक मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।

उनका अनुसार पौडी खेल्ने क्रममा बेपत्ता हेटौँडा–१५ फारलाइनका १७ वर्षीय साहिल लामा, सोही ठाउँका १२ वर्षीय कर्साङ जिम्बा र १३ वर्षीय सञ्जीव मोक्तानको शव फेला परेको हो ।

पौडी खेल्ने क्रममा खोलाले चारजनालाई बगाएकामा एकजना भने पौडी खेलेर बाहिर निस्कन सफल भएको जनाइएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।