देश

कलाकार दयाहाङ राईलाई पुत्रलाभ


काठमाडौँ — कलाकार दयाहाङ राईलाई पुत्रलाभ भएको छ । उनकी श्रीमति बेनुकाले शुक्रबार दोस्रो सन्तानको रूपमा छोरालाई जन्म दिएकी हुन् । दोस्रो सन्तानलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै दयाहाङले अहिले आमा र बच्चा दुबैको अवस्था सामान्य रहेको बताएका छन् ।

दयाहाङले धेरै चर्चित फिल्महरूमा अभिनय गरेका छन् । केहि समयअघि मात्र उनी अभिनित फिल्म कबड्डी ४ सुपरहिट भएको थियो । अहिले भने उनी रामबाबु गुरूङद्वारा निर्देशित फूलबारीु फिल्मको सुटिङमा छन् । फिल्म सुटिङमै व्यस्त रहेका उनी अहिले बसुन्धारास्थित इसान अस्पतालमा श्रीमती र बच्चाको हेरचाहका लागि पुगेका छन् ।