वागमती

ट्याक्टर भिरमा खस्दा चालकको मृत्यु


काठमाडौँ — गोरखाको अजिरकोट गाँउपालिका २ वालाङमा ट्याक्टर अनियन्त्रीत भई भिरमा खस्दा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिरान्चोक ४ छोप्राकका २७ वर्षीय बिक्रम श्रेष्ठ रहेका छन् । गएराति साढे ११ बजे ग १ त ४५७४ नम्बरको सिमेन्ट लोड भएको ट्याक्टर अनियन्त्रीत भई दुर्घटना भएको प्रहरी चौकी भच्छेक गोरखाले जनाएको छ ।