काठमाडौँ — दार्चुलाको अपिहिमाल गाउँपालिका–५ तिम्लामा बिहीबार राति जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा पाँचजना सख्त घाइते भएका छन् ।
मृत्यु हुनेमा अपिहिमाल–६ का १८ वर्षीय दिनेशसिंह धामी छन् । उनको घट्नास्थलमै मृत्यु भएको अपिहिमाल गाउँपालिकाले जनाएको छ ।
मार्मा गाउँपालिकाको लटिनाथबाट अपिहिमालको मकरीगाडतर्फ जाँदै गरेको म१ज २३३ नम्बरको जीप दुर्घटनामा परेको हो । जीप सडकबाट झण्डै २०० मिटर तल खसेको र त्यसमा चालकसहित नौजना सवार रहेका अपिहिमाल गाउँपालिकाले जनाएको छ ।
तीन जनाको प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका छन् । घाइते पाँच जनाको लटिनाथ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
प्रतिक्रिया