Breaking

नागरिकता विधेयकमा एमालेको दोहोरो बोली, राष्ट्रपतिको कदमले कुन दललाई के फाइदा ?


काठमाडौँ — राष्ट्रपती र सरकारको टसलको चेपुवामापरेको नागरिकताविधेयकावारेमाभिन्न कोणबाट वहस जारी छ ।योसंगै सत्ताघटकले के गर्छ र यसको परिणाम के हुन्छ भन्ने चर्चा परिचर्चाका पनि सुरु भएको छ ।सत्ताघटकले चुनावीएजेण्डा बनाउननागरिकताविधेयकल्याएको एमालेको आरोपकावीचविधेयक नै प्रमाणिकरण नभएपछि कसलाई के नाफार के घाटा भयो त ? राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धीविधेयकप्रमाणिकरण नगरेपछि सत्ताघटक दलअव के गर्ने भन्नेमाअलमलमा देखिएको छ।एकाथरीले यसलाई राष्ट्रवादी कदममानेर हर्षबढाई गरिरहँदानागरिकताविहिनहरुले भने विरोध सुरु गरेका छन ।

अहिलेकोविधेयकले जन्मसिद्ध नागरिकका सन्तानले प्राप्तगर्न नसकेको नागरिकताको विषयसम्बोधन गरेको थियो । तर दलहरुले आफ्नो चुनावी रोटि सेक्न यसमाताप भरेपछि लाखौ नागरिक नागरिकताविहिन कै अवस्थामा रहनु परेको छ ।भण्डारीको कदममादुई दिनसम्ममौन रहेको एमालेले भने गठबन्धन राष्ट्रपतिलाई बदनाम गराउनक्रियाशील रहेको दाबीगदैै उनको बचाउ गरेको छ । सत्ता गठबन्धनले असंवैधानिक ढंगले राष्ट्रपतिलाई उपेक्षागर्दा अहिलेको परिणाम आएको एमालेका नेताहरूको भनाइ छ।

विगतमाआफैले ल्याएको अध्यादेश नै अहिले विधेयकका रुपमाआएपनिचुनावीखपतकालागिवोली फेरेका उनीहरुले यसअघि राष्ट्रपतीको बारे टिप्पणी नगर्ने बताएकाथिए । तर यसैपनिकमजोर उपस्थिती रहेको मधेशमाआगामीचुनावमानागरिकताविधेयकले प्रभावपार्ने बुझेकाएमाले अध्यक्ष केपीओली गठबन्धनलाई गालपारेर राष्ट्रपतिको बचाउगर्ने रणनीतिमा छन् । गठबन्धनका कारण अहिलेको समस्याआएको एमाले महासचिवशंखर पोखरेलले तर्क गरेका छन्।गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई संसद बाहिरबाट सत्ता गठबन्धनले चुनौतीदिएको उनको भनाइ छ।अझ अघि बढेर उनले एमाले नागरिकताविहीनहरुलाई नागरिकतादिने पक्षमै रहेकाले आफू नेतृत्वको सरकारको पालामाअध्यादेश ल्याएको दावी गरेका छन ।

तर राष्ट्रपतीको कदमभित्रि रुपमा सत्ताघटक कै दलहरुलाई पनिफाईदा पुगेको छ । मुद्धाविहिन बनेको जसपालाई चुनावीएजेण्डा भएको छ भने कांग्रेसको पनि फेस सेफ भएको छ ।लोसपाभने यसको मारमा परेको छ । सत्तागठबन्धनभित्र अटाउने प्रयास असफलभइरहेको बेलामाविधेयककै कारण एमालेसँग सहकार्य गर्ने बाटो बन्दभएको छ । यसले माओवादीअध्यक्षपुष्पकमलदाहाल प्रचण्डलाई पनिधक्कादिएको छ । मधेशमाआफूले गरेको वाचा पुरा गरे भन्दै सार्वजनिकअभिव्यक्ति नै दिएकाउनकालागिचुनावकामुखमै दाँतमा ढुंगा लागेको हो । तर यसले एमालेसंग प्रचण्ड मिल्ने सम्भावनाकमीहुदाँकांग्रेस भने खुुसी देखिएको छ ।

यसरी अप्रत्यक्ष रुपमाठुला दललाई नै फाईदा पुगेकै कारण केवलकर्मकाण्डी विज्ञप्तीमै गठबन्धन अल्झिएको छ । फलत ः कानुनविद्हरुले अदालतजानदिएको सुझावमापनिलौरो पनिनभाचिने सर्प पनि मर्ने उपायअबलम्बन गरेका छन ।अर्थात विधेयकलाई यसै नछोड्ने वानागरिकताविहिनको समस्यामा सरकार सम्बेदनशील रहेको पनि देखिने अवस्थासिर्जना गर्नव्यक्तिमार्फत राष्ट्रपती विरुद्ध रिट हाल्नलगाएका छन ।

प्रतिशतकाआधारमा सबैभन्दा बढी नागरिकताविहीनहिमालीजिल्लामाछन््। तर यो विधेयकलाई मदेशसंगमात्रजोड्ने र राष्ट्रियताको विषयबनाउनकुनै दल पछि परेका छैनन् । केवलविरोधकालागिविरोध गर्ने उनीहरुको यो शैलीलेदलहरुलाई त फाईदा नै होला तर पुन एक पटक नागरिकताविहिनथपअन्यायमापरेका छन ।