देश

कपनको आगलागीमा परी मृत्यु हुने तीनजनाको पहिचान खुल्यो


काठमाडौँ — काठमाडौंको कपनस्थित एक टे«किङ अफिसमा भएको आगलागीमा परी मृत्यु हुने तीनजनाको पहिचान खुलेको छ । गएराति भएको आगलागीमा मृत्यु हुने तीनजनाको पहिचान खुलेको हो । प्रहरीका अनुसार ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, संखुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौंका २५ वर्षीय छेवाङ शेर्पाको मृत्यु भएको छ ।

आगलागीमा परेर कपन बस्ने कुशल बुढाथोकी घाइते भएको प्रहरीले जनाएको छ । गएराति कपनको राम मन्दिर नजिक रहेको इलाइट हिमालयन एडभेन्चर रहेको तीन तले घरमा पोर्टेबल अक्सिजन सिलिण्डर र चुल्हो बाल्न प्रयोग हुने ग्यास सिलिन्डर विष्फोट भएर आगलागी भएको थियो ।