देश

विवाह गर्दै कलाकार बुद्धि तामाङ


काठमाडौँ — कलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिने भएका छन् । उनले शुक्रबार मकवानपुरकी अनु थिङ तामाङसँग विवाह गर्न लागेका हुन् । बुद्धि र अनुको विवाह समारोह शुक्रबार कौसलटारको एक पार्टी प्यालेसमा आयोजना हुँदैछ ।

अनुसँग आफुले मागी विवाह गर्न लागेको बुद्धिले बताए । बुद्धिले अनुसँग तामाङ परम्पराअनुसार विवाह गर्न लागेका हुन् ।

साँघुरो, कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर ६, घामपानी, छक्का पञ्जा, नाई नभन्नु ल, वीर विक्रम, जय भोले लगायत थुप्रै फिल्म अभिनय गरिसकेका तामाङ सानो पर्दाको सिरियलबाट चम्किएका थिए ।