Breaking

स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मिया नेकपा एमालेमा प्रवेश


काठमाडौँ — स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मिया नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार एमाले कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले पूर्व प्रहरी महानिरीक्षक सर्वोन्द्र खनालसँगै मियाँ पनि एमाले प्रवेश गरेका हुन् ।

मिया यसअघि विवेकशील साझा पार्टी परित्याग गरी काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । ३० वर्षीय मियाँ रवीन्द्र मिश्र नेतृत्वको तत्कालीन साझा पार्टीबाट राजनीति सुरु गरेका हुन् ।