Breaking

पूर्वआईजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दै


काठमाडौँ — नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।

खनाललाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीको केन्द्रीय कार्यालय च्यासलमा पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।
खनाललाई २ वर्षअघि पूर्वमन्त्रीसमेत रहेका सांसद सुरेन्द्र यादवको राजनीतिक ‘अपहरण’मा संलग्न भएको आरोप लागेको थियो । जतिबेला ओली नेतृत्वको सरकार थियो ।

तत्कालीन समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले आफूहरूको पार्टी फुटाउन ओलीकै योजनामा नेता यादवको ‘अपहरण’ गरिएको आरोप लगाएका थिए ।