समाचार

बच्चा अपहरणको आरोपमा भारतीय महिला पक्राउ


काठमाडौँ — चितवनमा बच्चा अपहरण गरेको आरोपमा प्रहरीले एक भारतीय महिलालाई नियन्त्रणमा लिएको छ ।

असोज ४ गते मध्यान्ह साढे १२ बजे चितवनको भरतपुर महानगरपालिका–१७ गन्जानगरका ४ वर्षीय बालकलाई ललाइफकाई लैजाँदै गरेको अवस्थामा प्रहरीले भारतको रहसी गाउँ बस्ने ३८ वर्षकी अनिता पालले नियन्त्रणमा लिएको हो ।

पाललाई जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा ४ दिन म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।