गत फेब्रुु्रवरी २४ देखि सुरु भएको रुस युक्रेन युद्ध रोकिने कुनै छाँटकाँट छैन । युद्ध सुरु भएको आठ महिना विते पनि पश्चिमाहरुको निन्दाकाबीच रुसी राष्ट्रपति पुटिनले भने जनमत संग्रहको विवादित घोषणा गरेको छ । गत फेब्रुु्रअरी २४ देखि सुरु भएको रुस युक्रेन युद्ध अझै रोकिएको छैन । तत्काल युद्ध रोकिने कुनै संकेत समेत देखा परेको छैन ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो कब्जामा रहेका क्षेत्रहरु रुसमा गाभ्न जनमत संग्रह गर्ने तयारी थालेपछि तनाव थप बढेको छ । जनमत संग्रह र युक्रेनमा थप सेना परिचालनका लागि रुसले झन्डै तीन लाख आंशिक सेना आह्वान गरेको छ । बुधवार राष्ट्रपति पुटिनले देशका नाममा सम्बोधन गर्दै जनमत संग्रहका लागि आंशिक सेना परिचान गर्ने उद्घोष गरेका छन् ।
रुसले हालसम्म करिव झन्डै १५ प्रतिशत युक्रेनको भूभाग कब्जा गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । युक्रेनको पूर्वी क्षेत्र लुहान्स्क डोनेट्स्क तथा दक्षिणका जापोरीजा र खेअर्सन क्षेत्रमा मतदान गर्ने तयारी छ । तर डोनेट्स्क,जापोरीजा र खेअर्सन क्षेत्र अहिले युक्रेनको नियन्त्रणमा छ । यस्तो अवस्थामा कसरी जनमत संग्रह कसरी हुन्छ भन्ने अन्योलता कायमै छ । यता पुटिनको कदम विरुद्ध अमेरिका सहित पश्चिमा मुलुकहरुले निन्दा गरेका छन् ।
यता युक्रेन सबै शतिm खर्चेर आफ्नो भु–भागको रक्षा गर्न लागि परेका छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी सेनालाई आफ्नो देशबाट धपाउनु र रुसले कब्जा गरेको भूभाग मुक्त गराउनु आफ्नो मुख्य उद्देश्य रहेको बताउँदै आएका छन । आधिकारिक तथ्याङ्क नभए पनि रुस युक्रेन लडाइँमा दुवैतर्फ ठूलो सङ्ख्यामा सैनिक तथा सर्वसाधरण हताहत भएका छन । मंगलवार मात्र डोनेट्स्क शहरमा भएका शृङ्खलाबद्ध विस्फोटनमा १३ जनाको मृत्यु भएको खबर सार्वजनिक भएको छ ।
दुई मुलुकबीच जारी युद्धका कारण समग्र विश्व बजार प्रभावित छ । दुबै राष्ट्र आ आफ्नो अडानमा कायमै रहँदा युद्ध अझ कति लम्बिन्छ टुङगो छैन ।
प्रतिक्रिया