Breaking

काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन


काठमाडौँ — नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियू (क्रान्तिकारी)ले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरेको छ । सदनबाट दुईपटक पारित भएर गएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि नेपाल कमर्स क्याम्पस अगाडि मिनभवन बानेश्वरमा आन्दोलन गरेको हो ।

राष्ट्रपतिले संविधान भन्दा बाहिर गएर नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै चौतर्फि आलोचना भइरहेको छ। यता, नेकपा (एमाले) निकट युवाहरुको संगठन युवा संघ नेपालले भने राष्ट्रपति भण्डारीको समर्थनमा प्रदर्शन गरेको थियो ।

नेपालको संविधानको धारा ११३ बमोजिम दोस्रो पटक संसद्ले पारित गरेर पठाएको कुनै पनि विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गरिसक्नुपर्ने व्यवस्था छ । सङ्घीय संसद्ले नेपाल नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा दोस्रो पटक गत भदौ २० गते सोमबार पठाएको थियो ।