Breaking

कैलालीमा २ जना मृत भेटिए


काठमाडौँ — कैलालीका दुई ठाउँमा दुई जना मृत फेला परेका छन् । गोदावरी नगरपालिका–१२ को शान्तिनगर र धनगढी उपमहानगरपालिका–१ मा दुई जना मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी १२ को शान्तिनगरमा २५ वर्षीय मदन बडेला मृत भेटिएको जनाएको छ । बडेला बुधबार बिहान आफ्नै घरको आँगनमा मृत अवस्थामा भेटिएको बताउदै घटना शंकास्पद रहेको जनाए । बडेलाको टाउको र खुट्टामा चोट लागेकाले हत्या आशंकामा अनुसन्धान अघि बढाइएको प्रहरीले बताए । प्रहरी अनुसार अनुसन्धानमा तालिम प्राप्त कुकुरको समेत प्रयोग गरिएको छ ।

अहिले मृतकको शव परीक्षणका लागि घटनास्थलबाट अस्पतालतर्फ ल्याइरहेको प्रहरीले जनाएको छ । धनगढी उपमहानगरपालिका १ को कैलाली कारागार कैलाली पछाडि कञ्चनपुरको कृष्णनगरपालिका ८ का ७४ वर्षीय धनसिंह जेठारा मृत भेटिएका हुन् ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।