Breaking

समानुपातिकमा पहुँच र पैसावालाकै राइँदाइँ, किन डराए ठुला नेता प्रत्यक्ष चुनाव लड्न ?


काठमाडौँ — आगामी संसदीय निर्वाचनका लागि राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्द सूचि पेश गरे । समानुपातिकतर्फ उम्मेदवार चयन गर्दा दलहरूले समावेशी सिद्धान्तको निश्चित मापदण्ड पूरा गर्नुपर्छ । तर दलहरुले बुझाएको प्रारम्भिक विवरण हेर्दा समावेशी सिद्धान्तका आधारमा भन्दा पुरानै गल्ति दोहो¥याउँदै पहुँचवाला नै प्राथमिकतामा परेका छन ।

राज्यको नीतिनिर्माण गर्ने थलो संसदमा समानुपातिक निर्वाचन प्रणाली मार्फत सबै वर्ग,जाति,धर्म,लिङ र क्षेत्रका नागरिकको प्रतिनिधित्व संविधानत सुनिश्चित छ । यद्यपि संविधानत निर्दिष्ट समानुपातिक प्रतिनिधित्व र समावेशी सहभागितामा राजनीतिक दलहरु उदासिन देखिएका छन् । दलहरु आफैले बनाएको संविधानलाई पटक- पटक लातहा निरहेका छन ।समानुपातिक प्रतिनिधित्वलाई दलहरुले भद्धा मजाक र विकृति नै बनाएका छन । संसदमा समानुपातिक प्रतिनिधित्व अपवाद बाहेक केवल नेताको श्रीमति,आफ्ना आसेपासे,केहि धनाढ्यलाई संसद प्रवेश गराउने माध्यमबन्दै आएको छ । आसन्न संसदीय निर्वाचनका लागि सोमवार निर्वाचनआयोगमादलहरुले बुझाएको बन्द सूचीको प्रारम्भिकविवरणले यहि पुष्टि गर्छ । विगतकै गल्ती दोहो¥याउँदै राजनीतिक पहुँचकै आधारमा समानुपातिकतर्फका उम्मेदवारहरु बन्द सूचिमा अटाएका छन ।