विदेश

भारतीय कमेडियन राजु श्रीवास्तवको निधन


काठमाडौँ — भारतीय चर्चित कमेडियन राजु श्रीवास्तवको निधन भएको छ ।

गत अगष्ट १० मा ट्रेडमिलमा शारिरिक व्यायाम गर्ने क्रममा उनी एक्कासी लडेका थिए । अस्पतालमा उनलाई हृदयघात भएपछि उनलाई दिल्लीको एम्स अस्पताल भर्ना गरिएको थियो ।

५८ वर्षीय श्रीवास्तव डेढ महिनादेखि मृत्युसँग संघर्ष गरिरहेका थिए । उनी भारतीय हास्य विधामा निकै चर्चित मानिन्छन् ।