समाचार

पोखरामा स्कुटर दुर्घटना हुँदा बुवाको मृत्यु, छोरी घाइते


काठमाडौँ – पोखरामा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका २५ हेम्जा हनुमानटोलमा गएराति स्कुटर अनियन्त्रीत भई सडकको डिभाइडरमा ठोक्किँदा चालकको मृत्यु भएको छ । स्कुटर पछाडि सवार घाइते भएका छन् ।

गएराति ८ बजे नौडाडाबाट पोखरा जाँदै गरेको ग २२ प ५३७० नम्बरको स्कुटर अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको थियो ।

दुर्घटनामा घाइते भएका दुवलाई उपचारको लागि फिस्टेल अस्पताल लगिएकोमा उपचारकै क्रममा चालक तँनहुको व्यास नगरपालिका १ दमौलीका ५० वर्षीय बलबहादुर राईको मृत्यु भएको हो । पछाडी सवार राईकी छोरी १५ वर्षीया सोनी राईको उपचार भइरहेको वडा प्रहरी कार्यालय बगर कास्कीले जनाएको छ ।