Breaking

सत्ता गठबन्धनको बैठक बस्दै, राष्ट्रपतिको कदमबारे निर्णय हुन सक्ने


काठमाडौँ — सत्ता गठबन्धनका शीर्ष नेतासहित प्रतिनिधि सभाको प्रत्यक्षतर्फ सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक अहिले बिहान बस्दै छ ।

बैठक अहिले बिहान ८ बजे बस्ने नेताहरूले बताएका छन् । आजको बैठकमा सिट बाँडफाँटका विषयमा मात्र छलफल नभई राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमबारे पनि केही निर्णय हुने बताइएको छ ।

राष्ट्रपति भण्डारीले संसदका दुवै सदनले दोस्रोपटक पारित गरेर पठाउँदा पनि नागरिकता विधेयक प्रमाणीकरण गरिनन् । प्रमाणीकरण गर्ने १५ दिनको समयसीमा मंगलबार राति १२ बजे पनि गुजारेकी हुन् ।