काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी संवैधानिक व्यवस्थाको उल्लंघन गरेकी छन् ।
भदौ २० गते दोस्रोपटक संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक प्रमाणीकरण समयसीमा मंगलबार राति १२ बजेसम्म प्रमाणीकरण नगरेकी हुन् ।
यसअघि पहिलोपटक पठाउँदा उनले पुनःविचारका लागि भन्दै नागरिकता विधेयक संसदमै फिर्ता पठाएकी थिइन् । नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको उल्लंघन गरेकी छन् ।


प्रतिक्रिया