काठमाडौँ — आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि ४८ दलले निर्वाचन आयोगमा बन्दसूची बुझाएका छन् । समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने काम आज बिहान मात्र सकिएको आयोगले जनाएको छ । आयोगले बन्दसूची बुझाउन अस्ती र हिजो दुई दिनको समय दिएको थियो । पहिलो दिन २ दलले मात्रै उम्मेदवारको बन्दसूची बुझाएका थिए । हिजो रातभर बन्दसूची बुझ्ने काम भएको थियो ।
प्रतिनिधि सभातर्फ समानुपातिक निर्वाचनमा भाग लिन ६८ वटा दलले निवेदन दिएका थिए । तर, ४८ वटा दलले मात्रै आज बिहानसम्म बन्दसूची बुझाएका छन् । अब बन्दसूची बुझाउन नमिल्ने आयोगले जनाएको छ । अधिकांश दलहरूले प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ २२० जना उम्मेदवारको नाम बुझाएका छन् । आयोगले आजदेखि असोज ९ गतेससम्म दलहरूलाई उम्मेदवारको बन्दसूची संशोधन गर्न सूचित गर्ने छ । असोज १० देखि १६ गतेसम्म संशोधन गरी उम्मेदवार सूची पेश गर्न सकिने छ । आयोगले प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन भने असोज २३ गते गर्ने तालिका बनाएको छ ।


प्रतिक्रिया