Breaking

हिमाली भेगका विद्यार्थीलाई निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन हुँदै


काठमाडौँ – पासाङ ल्हामु फाउण्डेशन एक दिने निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।

पासाङ ल्हामु फाउण्डेशन र नेपाल शेर्पा विद्यार्थी संघको सहकार्यमा निजामती सेवामा हिमाली भेगको उपस्थिति बढाउन असोज ८ गते सिद्धार्थ होटल कपनमा लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागिएको बताइएको छ ।

राज्यले सबै आदिवासी–जनजातीहरूलाई एउटै बास्केटमा हालेको हुँदा निजामती क्षेत्रमा शेर्पा समुदायको कम सहभागी हुनेभएकाले लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागेको नेपाल शेर्पा विद्यार्थी संघका उपाध्यक्ष छिरिङ शेर्पाले जानकारी दिनुभयो ।

एक दिने तयारी कक्षामासहभागी हुन फाउण्डेशनले गुगल फारम भर्न समेत आग्रह गरेको छ । फारम भर्न र तयारी कक्षा लिन शुल्क नलाग्ने फाउण्डेशनले जनाएको छ ।

सुगम र विकसित क्षेत्रको जनजाती मात्रै निजामती क्षेत्रमा सहभागी हुने तथा दुर्गम र पिछडिएका क्षेत्रका व्यक्तिहरूको कम पहुँच रहेको हुँदा कक्षा सञ्चालन गर्न लागिएको पासाङ ल्हामु फाउण्डेशन महासचिव छेटु शेर्पाले बताउनुभयो ।
पासाङ ल्हामु फाउण्डेशनले उक्त कार्यक्रममा सहभागी मध्ये इच्छुक तथा छनौटमा परेका विद्यार्थीहरुलाई थप निःशुल्क लोकसेवा तयारी कक्षा प्रदान शेर्पाले बताउनुभयो ।
शेर्पा युवाहरूलाई निजामति सेवामा प्रवेश गर्न हौसला प्रदान गर्दै निजामति क्षेत्रमा सहभागिता बढाउन कार्यक्रमको आयोजना गर्न लागिएको संघका उपाध्यक्ष शेर्पाले बताउनुभयो ।
लोकसेवा तयारी कक्षा सञ्चालन प्रमुख वक्ताहरू
१.डा. मिङमार शेर्पा (सह–सचिव तथा पूर्वमहानिर्देशक, स्वास्थ्य विभाग)
२. रमेश खनाल (पूर्वराजदूत, जर्मनी)
३. बिनुका शेर्पा (शाखा अधिकृत, संघीय संसद सचिवालय)
४. माधव पाण्डे (कन्सल्टेन्ट)

फर्म भर्न यो लिंकमा क्लीक गर्नु होस्हो : गुगल फारम