Breaking

जलमग्न निर्वाचन आयोग, पाइन्ट माथि सार्र्दै कार्यालय प्रवेश गरे नेताकार्यकर्ता


काठमाडौँ — सोमबार दिउँसो परेको भारी वर्षाका कारण निर्वाचन आयोगको कार्यालय परिसर जलमग्न भएको छ । पानीको निकास थुनिएर कार्यालयबाहिर जलमग्न भएका कारण समानुपातिक निर्वाचन पद्धतिको सूची बुझाउन आयोग पुगेका दलका नेताहरु समस्यामा परेका छन् । उनीहरु जमेको पानी छिचोलेर कार्यालयभित्र प्रवेश गर्न कठिनाइ भएको छ ।

आयोगमा खटिएका सुरक्षाकर्मीले जमेको पानी निकास गराउने काम गरिरहेका छन् । विभन्न दलका नेता कार्यकर्ता पाइन्ट माथि सर्दै भित्र आएका छन् । समानुपातिक पद्धतिको सूची बुझ्न आयोगले राजनीतिक दलसम्बन्धी महाशाखा बाहिर डेस्क स्थापना गरेको छ । त्यहाँ कर्मचारीहरु समानुपातिक सूची बुझ्न तयार भएर बसेका छन् । अपरान्हसम्म साना दलका नेता कार्यकर्तामात्र सूची लिएर आएका छन् । ठूला दलका नेताहरु दिउँसो ४ बजेपछि मात्र आउन थालेका छन् ।