काठमाडौँ – महारानी एलिजावेथ द्वितीयको अन्त्येष्टि वेस्टमिन्स्टर ऐब्बेमा सुरु भएको छ । उनको कफिनमा ब्रिटेनको राष्ट्रिय झण्डा ओडाइएको छ । त्यसको माथि साम्राज्यको स्टेट श्रीपेच राखिएको छ । शाही नौसेना नाविकहरूले बन्दुकको बग्गी तानेर लगेका थिए ।
अन्त्येष्टिमा सहभागी हुन महारानीका सबै पूर्वप्रधानमन्त्रीहरू, अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोनलगायत सयौं व्यक्ति उपस्थित छन् ।
वेस्टमिन्स्टर ऐब्बेमा महारानीको जन्म भएको थियो । यहीँ उनको १९४७ मा विवाह भएको थियो । सोही स्थानमा सन् १९५३ मा राज्याभिषेक भएको थियो । सोही स्थानमा आज उनको अन्त्येष्टि समारोह भइरहेको छ ।


प्रतिक्रिया