काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फेरि एक पटक देशको प्रधानमन्त्री हुने इच्छा देखाएको छन् । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा निर्मित भौतिक संरचनाको उद्घाटन कार्यक्रममा दाहालले गुमाउरो शैलीमा आफू पुन देशको कार्यकारी प्रमुख हुने इच्छा रहेको संकेत गरेका हुन् ।
क्रान्ति र शान्ति दुवैको नेतृत्व गरेर विश्वमै इतिहास कायाम गरेको दाबी प्रचण्डको छ । ‘जनयुद्ध र शान्तिप्रक्रिया मेरै नेतृत्वमा सम्पन्न भयो, अब देशको विकास र समृद्धिको एक पटक नेतृत्व गर्ने उत्कट चाहना छ,’ दाहालले भने ‘समाजवादी मुलुक नेपालको एक पटक नेतृत्व गर्ने चाहना छ, अब समाजवादमार्फत नै मुलुकलाई समृद्ध बनाउने हो,’ । ‘जनयुद्ध’मार्फत सामन्तवादको अन्त्य गरी वर्तमान संविधान जारी गर्न सफल भएको दाहालको तर्क छ ।


प्रतिक्रिया