काठमाडौँ – संविधानको विरोधमा प्रदर्शन गर्नेहरुलाई प्रहरीले काठमाडौँको माइतीघरबाट पक्राउ गरेको छ ।
राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आवद्ध रहेका ५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुले संविधान जलाउन खोजेका थिए ।
सात वर्षअघि जारी भएको संविधानमा विभिन्न असन्तुष्टि रहेको भन्दै संशोधनको माग गर्दै आइरहेका छन् । नेपालमा आजका दिन सबैले संविधान दिवस मनाइरहँदा यसमा असन्तुष्ट हुने व्यक्ति वा पार्टीहरुले यसलाई कालो दिनको रुपमा हेरेको पाइन्छ ।


प्रतिक्रिया