Breaking

आज पनि डोजर लिएर टुकुचा उत्खनन् गर्दै महानगर


काठमाडौँ — काठमाडौं महानगरले टुकुचा अतिक्रमित भएको स्थानमा डोजर चलाएको छ । गत बिहीबार जय नेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा खोला फेला पारेको थियो ।

महानगरको टुकुचा अतिक्रमित स्थानमा डोजर चलाइएको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए। महानगरको यो अभियान नरोकिने उनले बताए । सो क्षेत्रमा ५८१ कित्ता जग्गामध्ये अधिकांशमा बनेका भौतिक संरचनाले टुकुचा अतिक्रमण गरेको महानगरको भनाइ छ ।

महानगरले टुकुचालाई अतिक्रमण मुक्त बनाएर खुला तुल्याएपछि सो क्षेत्रमा फुटपाथ र साइकल लेन बनाउने तयारी गरेको छ । यता, आइतबार पाटन उच्च अदालतले टुकुचामाथि बनेका संरचनामा डोजर नचलाउन अन्तरिम आदेश दिएको थियो। तर, अदालतको आदेशले पनि काम नरोकिने महानगरले जनाएको छ ।