Breaking

समानुपातिक उम्मेद्वारको बन्दसुची आव्हानसँगै निर्वाचन प्रक्रिया सुरु, पहिलो दिन दुई दलले मात्र बुझाए बन्दसुची


काठमाडौँ – आगामी संघीय तथा प्रदेशसभा निर्वाचनका लागि आईतबार दुई दलले मात्रै प्रतिनिधिसभातर्फको बन्दसूची बुझाएका छन् । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार हालसम्म नेपाल समावेशी पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीले प्रतिनिधिसभातर्फको बन्दसूची पेस गरेका छन् ।

त्यस्तै, प्रदेशसभाका लागि प्रदेश नम्बर १ किराँत खुम्बुवान साझा पार्टी, वाग्मतीमा तामाङशाली पार्टी र मधेस प्रदेशमा तराई मधेस लोकतान्त्रिक पार्टीले बन्दसूची पेस गरेको अर्यालले जानकारी दिए । मंसिर ४ मा हुने निर्वाचनका लागि आज र भोलि बन्दसूची बुझाउनुपर्ने आयोगले जनाएको छ । प्रमुख दलहरूले भने भोलिमात्रै बुझाउने तयारी गरेका छन् ।