Breaking

अदालतमा नाङ्गो राजनीतिक हस्तक्षेप,सर्वोच्च फिर्ती कति सहज ? राजिनामा गर्लान त राणाले ?

अदालतको हालत


काठमाडौँ – प्रधानन्यायधीस चोलेन्द्र शमशेर राणाको सर्वोच्च अदालत फिर्तीको कुराले अहिले न्यायलय तरंगित बनेको छ । संसद नै विघटन भएपनि महाअभियोगको औचित्य सकिएको भन्दै अदालत फर्किने सुचना राणाले दिएपछि अदालत परिषरमा तनावपूर्ण अवस्था सिर्जना भएको हो । जहाँ उनलाई स्वागत गर्न बसेका र रोक्न बसेकाहरु आ–आफ्नै तकवितर्कमा व्यस्त थिए ।

नेपालको न्यायक्षेत्र अहिले प्रधानन्यायधीस चोलेन्द्र शमशेर राणाको सर्वोच्च फिर्तीको कुराले तरंगित बनेको छ । संसद अधिवेशन अन्त्य हुनु र महाअभियोग टुङ्गो नलाग्नुलेसर्वोच्च फिर्ता हुन पाउनुपर्ने राणाको मागका वीच अधिवक्ताहरु त्यसको विरोधमा उत्रिएका छन । उनीहरु कसै गरे राणालाई अदालत छिर्न नदिने पक्षमा छन भने राणा र उनी पक्षधरहरु भने संसद अन्त्यसंगै महाअभियोगको औचित्य नै समाप्त भएको भन्दै राणालाई रोक्ने संविधानत कुनै आधार नभएको बताईरहेका छन् ।

यही तर्क गर्दै राणा आइतवार सर्वोच्च अदालतमा जाने तयारी गरेका थिए । तर सरकारले सर्वोच्च परिसर र जबरा निवासमा प्रहरी तैनाथ गरेर उनको यो योजना विफल पारिदिएको छ । राणालाई कुनै पनि हालतमा सर्वोच्च जान नदिन सरकारले निर्देशन दिएपछि प्रहरीले उनलाई निवासबाट बाहिर निस्कनै रोक लगाएको हो । उनकोे निवासबाट बाहिर निस्केका गाडीलाई समेत प्रहरीले जाँच गरेको छ ।

जसलाई राणाले सरकारले आफूलाई नजरबन्दमा राखेको बताएका छन भने यहि कारण मानवअधिकारको टोली समेत राणाको घरमा पुगेर फर्किएको छ । बार एसोसिएशनको बैठक नै बसेर जबरालाई सर्वोच्च प्रवेश गर्न नदिने निर्णय नै गरिसकेको छ । आइतवार राणा फर्कन सक्ने चर्चासँगै सर्वोच्चमा प्रहरीसँगै कानुन व्यवसायीहरूको पनि भिड लागेको थियो ।

एकथरी कानुन व्यवसायीले धर्ना बसेर उनलाई बाटो छेक्ने तयारी गर्दै थिए भने अर्काथरी केही कानुन व्यवसायी चाहिँ स्वागत गर्ने तयारीमा थिए । जबरालाई रोक्न र स्वागत गर्न जम्मा भएका उनीहरुका आ–आफ्नै तर्क छन ।

आफू निस्कलंक प्रमाणित भईसकेको अहिलेको अवस्थामा एकदिनमात्र भएपनि अदातल फर्किएर आफूलाई महाअभियोग लगाउनेको सेखी झार्न चहान्छन । जसमा आफू कानुनी रुपमा पनि दह्रो भएकोले किन झुक्नु भन्ने कुराले उनको ईगोलाई अझ बढाएको छ । तर उनको ईगोको घानमा आफूपनि पिसिन्छु भन्ने डरका कारण सत्ताघटक दलहरु उनलाई रोक्न चहान्छन ।

राणाको घरमा तथा अदालत परिषरमा खटाईएका सुरक्षा कर्मीको उपस्थितीले पनि सरकार नै उनलाई रोक्न चहान्छ भन्ने प्रष्ट छ । अर्थात आफू नै राणालाई रोक्न लागि परेको सरकारलाई वारको निर्णयले अझ राहत मिलेको छ । तर वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी भने यसले गम्भिर संवैधानिक प्रश्न खडा गरेको बताउछन । को सहि भन्ने विषयमा केहि अध्ययनपछिमात्र निष्र्कर्षमा पुग्ने बताएका उनी अहिले अतिवाद हावी भएको बताउछन् ।

अहिले राणा नै प्रधानन्यायधीस भएको तथा उनीमाथिको निलम्बन फुकिसकेको भएपनि विवादास्पद भईसकोको व्यक्तिले न्यायलयको नेतृत्व गर्दा नराम्रो छाप पर्ने उनको तर्क छ । आज राणा अदालत फर्किन नसकेपनि ४ गते फर्किने तयारी गरिरहेको हल्लाले पनि यो तरंग तत्काल साम्य हुने देखिदैन ।

त्यसमा पनि आफू अदालत फिर्ता हुदा अवरोध भए त्यसबाट हुने क्षती सरकारले व्यहोर्नुपर्ने राणाले बताईसकेका छन । अर्कातर्फ का.मु प्रधानन्यायधीसले आजै ईजलास तोकेका कारण सरकार पनि यहि अवस्थालाई निरन्तरता दिन लागि परेको प्रष्ट हुन्छ । जसले राणा र वार तथा सरकार वीचको टसल अझ बढ्ने देखिन्छ ।